‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि’ रिलिज, तेज र बेनिशाको लोभलाग्दो केमेस्ट्री

काठमाडौँ - परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ रिलिज भएको छ । गीतमा बेनिशा हमाल,तेज गिरि ,राइडर प्रशन , सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।
गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् । कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै परिच्छेद भन्छ्न ‘चलचित्रको टर्निङ पोइन्ट त्यही नै हो र चलचित्रको सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’
चलचित्रको टिजरमा पनि राजाले मैनाको छायाँलाई स्पर्श गर्ने कोशिस गरेको दृश्य देख्न सकिन्छ । टिनएजदेखि युवाअवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् ।
चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन । चलचित्रको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने चलचित्र भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया