धनगढीकाे बजेट एक अर्ब ८३ करोड

कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० लागि अनुमानित एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्व ८३ करोड ८९ लाख २४ हजार अनुमति रकम आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्व तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजिगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको हो । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलव ३० प्रतिशत रकम वित्तिय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड छ लाख ३१ हजार आठ सय ९७ रकम थप गरि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।
उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँटतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया