अब मन मिल्ने जोडी खोज्न डेटिङ एप

काठमाडौँ- अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलोपटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ।
नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने हिसाबले शुक्रबार कम्पनीले एप सार्वजनिक गरेको हो। एस्ट्रो पडको नारा 'मेड इन स्टार्स' राखिएको छ।
उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी सुरू हाम्रो लक्ष्यका साथ सुरू गरेको बताए।
'सोही अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेका हौं। यो अन्य सामान्य डेटिङ एप भन्दा फरक छ,' प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, 'यसमा नेपाली युवाहरूले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडी वा साथीहरू छनोट गर्न सक्ने सुविधा छ र त्यसै आधारमा उनीहरूले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुविधा रहेको छ।'
परियोजनाको सुरूवाती योजना २०१४ मा मानिसहरूलाई एक आपसमा जोड्न र खुसी आदान-प्रदान गर्न आईएम अर्थात् इन्स्ट्यान्ट मेसेजिङलाई कम्पनीको मुख्य भिजनर मिसन बनाउने रहेको थियो। तर पर्याप्त लगानीको अभावका कारण हामीले यसलाई स्थगित गर्नु पर्यो।’
कोइरालाले रिकेश र विवेक नामका साथीहरूसँग मिलेर एउटा सफ्टवेयर कम्पनी सुरू गरेका थिए । आफ्नो एपमार्फत् विश्वभर नै ज्योतिष विज्ञानसम्बन्धी सेवा दिनका लागि बनेको परियोजनामा गुरु समुन्द्र नामका अर्का सहकर्मी जोडिएपछि यो ४० जनालाई रोजगारी दिने कम्पनीमा परिणत भयो । यसले हाल विश्वभरमा १० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको छ।
एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरुलाई खुसी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी हो।
१० लाखभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिसकेको अनुभवका आधारमा अधिकांश मानिस आफ्नाबारेमा र आफ्ना सहयात्रीहरूसँगको सम्बन्धका बारेमा थाहा नपाएर दु:खी हुने गरेको पाइएको छ। यो अन्तरंग जानकारीले यो टोलीलाई एस्ट्रोपड डेटिङ- मेड इन स्टार्स नामक एप निर्माण गरेर उक्त समस्या समाधान गर्ने निष्कर्षमा पुर्यायो।
एस्ट्रोपड म्याच के का लागि ?
चर्चित डेटिङ एपहरूले मानिसहरूलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन्।
यस्तै अन्य डेटिङ एपले प्रयोगकर्तालाई आफू सुहाउँदो जोडी भेट्नका लागि अझै पुराना पट्यार लाग्दा फर्म भराउने अल्गोरिदमलाई पछ्याइरहेका छन्।
यी डेटिङ एपहरूले प्रत्येक व्यक्तिलाई एक सेट प्रश्नमार्फत् पहिचान र वर्गीकरण गर्छन् तर सही जोडी भेट्नका लागि व्यक्तिको वास्तविक प्रवृत्ति तथा संवेदनशील पक्षलाई भने उजागर गर्न सक्दैनन्।
यी दुवै अवस्थामा जोडी खोज्न चाहनेले अनलाइनमा भएको उक्त व्यक्ति आफ्ना लागि सही छ या छैन भन्ने थाहा पाउन थुप्रै पटक हिट एन्ड ट्रायल अर्थात् परीक्षणका लागि गरिने कुराकानी तथा भेटघाटमा भर पर्नुपर्ने हुन्छ।
एस्ट्रोपडले वेदहरूमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्र गतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ वटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ।
'यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ,' विज्ञप्तिमा छ, 'यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ।'
कम्पनीका अनुसार हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध छ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_mLUdsvgbGM_cmf8psktdve55iarbgwx1ia7pmr72uhjwcmerz1x6ppi81gtddwvljlawrdz.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया