ताइवानमा रेल दुर्घटना: ५० जनाको मृत्यु , देशभर शोक

हुवालिएन, ताइवान : ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरूको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । खोज तथा उद्धार टोलीहरू रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरूले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् ।
छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए । तीब्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ (टनेल) भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो ।
पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ । उद्धारकर्ताहरूले सुरुङ भित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बाहरू कच्याककुचुक भएको पाएका थिए । तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो, उद्धारकर्मी चाङ जि–चेनले बताए ।
ताइवानको गृह मन्त्रालयले देशभर तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको थियो भने राष्ट्रपति चाई इङ्ग–वेनले हुलियानको अस्पतालमा पुगेर घाइतेहरुलाई भेट्नु भएको थियो ।
उक्त दुर्घटनामा परेका १७५ जनाभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो । मृतकहरूमा एक जना फ्रान्सेली नागरिक पनि रहेका थिए । दुर्घटनामा परेकाहरूले आफूले भोगेका निकै डरलाग्दा कथाहरू सुनाएका छन् । एप्पल दैनिकसँग कुरा गर्दै एक पीडितले आफूले मानिसका शरीर र अङ्गहरू छरपस्ट देखेको बताएका छन् ।
ताइवानमा सन् २०१८ मा पनि ठूलै रेल दुर्घटना भएको थियो जसमा १८ जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दुईवटा रेल एकआपसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रुको ज्यान जानुका साथै ११२ जना गम्भीर घाइते भएका थिए । रासस

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया