बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

समाजवादीमा '१० भाइ'को खटपट : मन्त्री आलेसहित ६ सांसदले फिर्ता लिए हस्ताक्षर

काठमाडौँ- संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका नेकपा एकीकृत समाजवादी पार्टी १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । एउटा कामका लागि गरिएको हस्ताक्षर अन्तै प्रयोग गरेको भन्दै हस्ताक्षर फिर्ता गरेका हुन् ।

आफूहरूले अर्को कामका लागि हस्ताक्षर गरेको तर त्यसलाई तोडमोड गर्न खोजेपछि फिर्ता लिएको कृष्णलाल महर्जनले बताए । 'जुन उदेश्यका लागि हस्ताक्षर गरेका थियौँ । त्यसमा प्रयोग भएन' महर्जनले इकागजसँग भने 'हस्ताक्षर अन्तै प्रयोग भएपछि हामीले फिर्ता लिएका हौँ ।'

विरोध खतिवडाको नेतृत्वमा सांसदहरू रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले असन्तुष्टि पत्र दर्ता गराएका थिए । तिमध्ये प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेको महर्जनले बताए ।

यस्तो थियो दर्ता गराएको असन्तुष्टि पत्र