स्वतन्त्रताको ७५ औँ वर्षको अवसरमा 'पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर' कार्यक्रम सम्पन्न

काठमाडौँ - पाकिस्तानले शुक्रवार 'स्वतन्त्रताको ७५ औँ वर्ष' अवसरमा काठमाडौंँमा 'पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर' कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य पाकिस्तानी संस्कृतिलाई उजागर गर्नु र विशेषगरी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु रहेको दूतावासले जनाएको छ । कार्यक्रमलाई राजदूत सैयद हैदर शाहले विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पारेका थिए । उनले यस वर्षलाई पाकिस्तानको स्वतन्त्रताको ७५औँ वर्षका रूपमा मनाइँदै आएको बताए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया