छठ पूजा सेवा समितिद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कैलाली- छठ पूजा सेवा समिति धनगढीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।
अत्याधिक गर्मीका कारण अस्पतालहरूमा बिरामीको चाप बढे सँगै रगतको समेत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । उनले सम्पूर्ण रक्त दातालाई धन्यवाद समेत दिए ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले विगत केही दिन यता रगतको अत्याधिक माग बढ्दै गैरहेको बेला छठ सेवा समितिले गरेको रक्तदान कार्यक्रमले केही राहत पुग्ने बताए ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया