सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्बिर

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन - २०७८ असार)' पेस गर्ने सम्भावित कार्यसूची छ। 

यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको 'नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।यस्तै, 'लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।