करण जोहरको प्रडक्सनमा कियारालाई लक

मुम्बई - बलिउडमा अभिनेत्री कियारा आडवानीका दिन बलिरहेका छन् । एकपछि अर्को गरी उनका फिल्म हिट भइरहेका छन् । तर अरुमा भन्दा पनि कियारालाई करण जोहरको धर्मा प्रडक्सन खुब फापेको छ ।
कियारा धर्माको उत्पादन हैनन् । उनलाई बलिउडमा ल्याएका थिए अब्बास मस्तान दाजुभाइले । तर पछिल्ला केही वर्षमा कियारा धर्मा क्याम्पको महत्वपूर्ण सदस्य बनेकी छिन् ।
ओटीटी र हलमा रिलिज भएका गरी कियारा धर्माको ५ फिल्मको हिस्सा बनेकी छिन् । यसमध्ये तीन वटा ओटीटीमा रिलिज भएका थिए । धर्माले निर्माण गरेका ‘लस्ट स्टोरिज’, ‘गिल्टी’ र ‘शेरशाह’ ओटीटी प्लेटफर्ममा रिलिज भएका थिए । तर ओटीटीमै रिलिज भए पनि यी तीनै फिल्मले राम्रो दर्शक र चर्चा कमाएका थिए ।
अघिल्लो वर्ष रिलिज भएको ‘गुड न्युज’ र अहिले चलिरहेको ‘जुग जुग जियो’ भने कियारा अभीनित हलमा रिलिज फिल्म हुन् । जसमध्ये ‘गुड न्युज’ हिट मानिएको थियो भने ‘जुग जुग जियो’ले पनि पछिल्लो दुई दिनमा राम्रो व्यापार गरिरहेको छ । फिल्मको प्रतिक्रिया राम्रो छ जसले आगामी दिनमा यसले पनि हिटको व्यापार गर्ने अनुमान गरिएको छ । यसरी हेर्दा कियारालाई धर्मा प्रडक्सन फापेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया