सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।

आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्‍ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणपूरक संख्या एकिन गर्न माग गरेका थिए । 

यसपछि गणपूरक संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात् ६९ जना सदस्य आवश्यक पर्नेमा ६३ जना मात्र उपस्थित देखिएकाले आधा घण्टाका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताए ।