३२ वर्ष पछि ‘चालबाज’को रिमेक, दोहोरो भूमिकामा श्रद्धा कपुर

मुम्बई : श्रीदेवीको दोहोरो भूमिका रहेको ‘चालबाज’ ३२ वर्षपछि पुनः निर्माण हुने भएको छ । सन्नी देवल र रजनीकान्तसमेतको मुख्य भूमिका रहेको यो फिल्मलाई पंकज परासरले निर्देशन गरेका थिए ।
उनकै निर्देशन रहने गरी फिल्म फेरि बन्न लागेको हो तर यो फिल्ममा श्रीदेवीले गरेको भूमिका भने श्रद्धा कपुरको पोल्टामा परेको छ । फिल्मको नाम पनि थोरै परिवर्तन भएको छ । अब बन्ने फिल्म ‘चालबाज इन लन्डन’ शीर्षकमा बन्नेछ । लन्डनमा सम्पूर्ण सुटिङ हुने फिल्मलाई टिसिरिजका भुषण कुमार र अहमद खान मिलेर बनाउनेछन् ।
श्रद्धाले ट्विटरमा घोषणाको भिडियो सेयर गर्दै फिल्ममा पहिलो पल्ट दोहोरो भूमिकामा देखिन लागेको र यसका लागि उत्साहित भएको बताएकी छिन् । उनले यो भूमिका चुनौतीपूर्ण रहेको बताउँदै आफूमा बृहत जिम्मेवारी रहेको बताएकी छिन् ।
श्रद्धाले दोस्रो पटक श्रीदेवीको भूमिका गर्न लागेकी हुन् । यसअघि श्रद्धाले श्रीदेवी अभिनीत ‘नागिन’को रिमेक पनि साइन गरेकी थिइन् । श्रद्धाले हालसालै भने रनवीर कपुरसँगको ‘एनिमल’को सुटिङ सकाएकी छिन् ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया