भाउन्ने भेट्रान फाइनल खेल आज, पथरी र भाउन्ने भिड्दै

काठमाडौँ- पथरी भेट्रान र भाउन्ने भेट्रानबीच प्रथम भेट्रान प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । मोरङको बेलबारी १० भाउन्ने खेलकुद मैदानमा सोमबार ३ बजे फाइनल खेल हुने भएको हो ।
फाइनलमा विजयी हुनेले ४० हजार र दोस्रोले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खेलमा ३० वर्ष उमेर समूहमाथिका खेलाडीहरूको सहभागी रहेको थियो ।
सेमिफाइनलमा इटहरी भेट्रानलाई ८ गोलले पराजित गर्दै भाउन्ने भेट्रान फाइनलमा प्रवेश गर्न सफल भएको थियो । त्यस्तै पथरी भेट्रान जदाहा भेट्रानलाई पराजित गरेर फाइनलमा पुगेको हो ।
मिड भेट्रान भाउन्नेले गत ८ गतेबाट खेलको आयोजना गरेको थियो । आइतबार एक दिन स्थगन गरेर आज फाइनल खेल हुने भएको संयोजक जोनी मुखियाले जानकारी दिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया