स्टाम्फोर्ड ब्रिजमा ४२ वर्षपछि वेस्टब्रुमको पहिलो जित

काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा शनिबार साँझ वेस्टब्रुमले चेल्सीमाथि अप्रत्याशित जित दर्ता गरेको छ । स्टाम्फोर्ड ब्रिजमा सन् १९७८ देखि यता पहिलो पटक जित हासिल गर्ने क्रममा वेस्टब्रुमले चेल्सीलाई ५-२ ले हरायो ।
खेलमा चेल्सीले सुरुवाती अग्रता बनायो । क्रिस्टियान पुलिसिचले २७ औँ मिनेटमा पहिलो गोल गरे । तर चेल्सीको खुशी धेरैबेर टिकेन । २९ औँ मिनेटका रक्षक थियागो सिल्भाले रातो कार्ड खाएपछि थोमस टुचेलको टिम १० जनामा सिमित भयो ।
पहिलो हाफको अन्त्यमा थपिएको चार मिनेटभित्र वेस्टब्रुमले दुई गोल फर्कायो । दुबै गोल माथुएस परेराले गरे । दोस्रो हाफमा क्यालुम रोबिन्सनले दुई गोल थपे भने अर्को एक गोल एमबाए डियाग्नेको नाममा रह्यो । चेल्सीका लागि दोस्रो हाफमा म्यासन माउन्टले एक गोल फर्काए पनि त्यसले हार टारेन ।
जितपछि पनि वेस्टब्रुम १९ औँ स्थानमा यथावत छ । साम एलरडायसको टिमले ३० खेलबाट २१ अंक बनाएको छ । उता चेल्सी भने ५१ अंकका साथ चौथौँ स्थानमा रहेको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया