‘टप गन माभरिक’ बन्यो टम क्रुजको खर्ब कमाउने पहिलो फिल्म

लसएन्जल्स - टम क्रुजको ‘टप गन’ले विश्वभरबाट खर्ब बढी कमाइ गरेको छ । खर्ब बढी कमाइ गर्ने टम क्रुजको यो पहिलो फिल्म हो । हलिउड फिल्ममध्ये यो उपलब्धि हासिल गर्ने ‘टप गन’ ५० औँ फिल्म हो ।
‘टप गन’ महामारीपछि खर्ब कमाउने दोस्रो फिल्म बनेको छ । महामारीपछि रिलिज भएको ‘स्पाइडरमेन नो वे होम’ले १ खर्ब ८९ अर्ब कमाइ गरेको थियो । ‘टप गन’ वितरक प्यारामाउन्टले १६ प्रतिशत दर्शकले दोहोर्याएर फिल्म हेरेको जनाएको छ । यसैगरि ४ प्रतिशत दर्शकले चार वा त्योभन्दा बढी पटक हेरेको जनाएको छ ।
क्रुजको सबैभन्दा धेरै कमाउने फिल्म ‘मिसन इम्पोसिबल फल आउट’ रहेको थियो ।
यो फिल्मले सन् २०१८ मा रिलिज हुँदा ७९ अर्ब कमाइ गरेको थियो । यो फिल्मले १५ वटा बजारबाट राम्रो कमाइ गरेको थियो । ‘टप गन’को पहिलो भागले ३९ अर्ब कमाइ गरेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया