नेपालका हलमा भाेजपुरी 'रण'

काठमाडौँ- नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म 'रण' नेपालमा पनि रिलिज हुने भएको छ । फिल्म आउँदो शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलबाट प्रदर्शन हुन लागेको हो ।
राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा रिलिजको तयारी भइरहेको निर्देशक चन्द्र पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ, यद्धपि विश्वज्योति लगायतका केहि मल्टिप्लेक्स हलहरुमा लाग्ने कन्फर्म भइसकेको छ’, पन्तले भने । फिल्मले मुख्यतः तराई मधेश केन्द्रीत हलहरुमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।
यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । जुलाई १० तारिखबाट दिल्लीमा फिल्म रिलिज हुनेछ ।
भोजपुरी फिल्मको इतिहासमा ट्रेलर रिलिजको छोटो समयमा सर्वाधिक भ्यूज र लाइक’ पाउने फिल्मको सुचीमा ‘रण’ले पहिलो स्थान लिएको पन्तले दाबी गरेका छन् । एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिकसमेत आवद्ध छन् ।
‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन् । यो फिल्ममा नरेनसँगै आन्नद ओझा, काजल राघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनयमा छन् । निर्देशक पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।
यो फिल्ममा नेपालबाट अर्जुन जिसी सम्पादनमा जोडिएका छन् । टिजर र ट्रेलर सम्पादन भने क्रमशः मित्र डि गुरुङ र शाहिल खानले गरेका छन् । महेश पौडेलको छायांकन रहेको फिल्ममा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टले पनि काम गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया