बंगलादेशमा एकहप्ते लकडाउनको घोषणा

ढाका : कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।
बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।
लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए । अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या नौ हजार २१३ पुगेको अधिकारीहरुले जनाएका छन् ।
स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । (रासस)

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया