चट्याङले तीन जनाको मृत्यु
कैलाली- अविरल वर्षासँगै परेको चट्याङका कारण कञ्चनपुर र कैलालीमा तीन जनाको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् ।
चट्याङमा परि कञ्चनपुरको पुनर्वास नगरपालिका-६ टाउन बजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठ (४०) को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको खेतमा कामगर्दै गर्दा चट्याङमा परि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
त्यस्तै पुनर्बास नगरपालिकाकै ८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापा (२५) को समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको समेत खेतमा काम गर्दागर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताए ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका-३ मालाखेतीमा रहेको रेडियण्ट ग्यास कम्पनीको जमिनमा रोपाई गर्दैगर्दा कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने वर्ष ४८ को पुनाराम चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक तीनै जनाको घटना मुचुल्का गरि पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी चट्याङ लागेर बेलौरी नगरपालिका-९ का बाधुराम रानाको श्रीमती बजलिया राना (३०) घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया