लिभरपुल र म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राती भएको खेलमा आर्सनललाई ३-० गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।
लिभरपुललाई जिताउन डियगो जोटाले दुई तथा मोहम्मद सलाहले एक गोल गरे । जितपछि लिभरपुल ३० खेलबाट ४९ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । आर्सनल भने ४२ अंकसहित नवौ स्थानमा छ ।
यस्तै प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० गोलले हराएको छ । सिटीलाई जिताउन बेन्जामिन मेन्डी र गाब्रियल जिससले गोल गरे । जितपछि शीर्ष स्थानको सिटी ३१ खेलबाट ७४ अंक बनाएको छ ।
सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग १७ अंकको अग्रता लिएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया