३४ वर्षपछि रियल सोसिडाडले जित्यो कोपा उपाधि
काठमाडौँ : रियल सोसिडाडले ३४ वर्षपछि कोपा डेल रे उपाधि जितेको छ । शनिबार राती भएको फाइनलमा एथ्लेटिको बिल्बाओलाई १-० गोलले हराउँदै सोसिडाडले ३४ वर्षपछि स्पेनिस कोपा डेल रे फुटबलको उपाधि उचालेको हो । सोसिडाडलाई उपाधि जिताउन माइकेल ओयार्जाबालले निर्णायक गोल गरे । उनले खेलको ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।
यो गएको वर्षकै फाइनल खेल हो । कोभिड १९ का कारण रोकिएको फाइनल खेल शनिबार राती खेलाइएको हो । यसअघि सोसिडाडले सन् १९८७ मा कोपा उपाधि जितेको थियो । यो सिजनको उपाधिका लागि अप्रिल १७ मा एथ्लेटिको बिल्बाओलो र बार्सिलोनाबीच प्रतिष्पर्धा हुनेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया