चलचित्र संघमा वीरेन्द्रनारायण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ - हल संचालक तथा वितरकको संस्था नेपाल चलचित्र संघले कार्य समिति चयनलाई पूर्णता दिएको छ । सोमबार चलचित्र संघले अध्यक्षबाहेकका पदाधिकारी तथा सदस्यको टुंगो लगाउँदै कार्यसमितिलाई पूर्णता दिएको हो । जेठ २१ गते भएको साधारण सभाले वीरेन्द्र नारायण श्रेष्ठलाई अध्यक्ष तोकेको थियो । अध्यक्षबाहेक बाँकी सदस्य चयन गर्ने र यसरी छानिएका सदस्यलाई पदाधिकारीमा नियुक्त गर्ने विधानको नियम रहेको छ ।
सोमबार अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले प्रथम उपाध्यक्ष कुबेर शर्मा, द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भाष्कर ढुंगानालाई चयन गरेको छ । संघका पूर्व अध्यक्ष महासचिव नरेन्द्र महर्जनलाई छानिएका ।
त्यसै गरी उप–महासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिल द्वा चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा मिजास पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज प्रसाई, प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य चयन भएका छन् । त्यस्तैगरी पुर्वान्चल सभापतिमा निरज गुप्ता,पश्चिमाञ्चल सभापतिमा केदार प्रसाद पराजुली चयन भएका छन् ।
सोमबार नै बसेको बैठकले उपत्यका समितिको सभापति सुरेन्द्र कुमार थापालाई चयन गरेको छ भने उपसभापतिमा दुर्गालाल प्रधान, सचिव सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट चयन गरिएको छ । त्यसै गरी प्रदर्शन सभापतिको जिम्मेवारी प्रज्वल शमशेर जबरा र वितरण सभापति गोविन्द बहादुर शाही तोकिएको छ भने कार्य समितिमा संघका निवर्तमान अध्यक्ष मधुसुदन प्रधान पदेन सदस्यका रुपमा रहेका छन् । संघले सल्लाहकारमा राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदिप कुमार उदय र अर्जुन श्रेष्ठलाई मनोनयन गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया