सुदूरपश्चिममा भित्रियो कोभिडको नयाँ प्रकार

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार भित्रिएको छ । प्रदेशका तीन जनामा नयाँ प्रकार (भेरियन्ट) कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
उनले थपे, ‘नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं । उनीहरूमध्ये तीन जनामा भेरियन्ट देखिएको छ ।’
उनका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका व्यक्तिमा संक्रमण देखिएको हो । उनीहरू अहिले होम आइसोलेसनमा छन् । सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट स्वदेश फर्किनेको संख्या निकै बढेपछि कोभिडको संक्रमण दर बढ्ने र नयाँ प्रकारको कोभिडले नियन्त्रणमा थप जटिलता आउने देखिएको छ ।
भारतबाट फर्कने नेपालीको एन्टीजेन परीक्षण गर्दै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । गड्डाचौकी र गौरीफन्टा नाका हुँदै दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको संख्या सात सयदेखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको संक्रमण बढेपछि मजदुरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको संख्यासमेत बढ्दो छ ।
के हो कोभिडको नयाँ प्रकार ?
सन् २०१९ को अन्तिममा चीनको वुहान सहरबाट फैलिएको काभिडको प्रकृतिमा निकै परिवर्तन आइसकेको छ । प्रकृति फेरिएपछि नयाँ भेरियन्ट पनि भिन्न किसिम छ । प्रयोगशालामा गरिएको अध्ययनमा भाइरसको संक्रमित पार्न सक्ने क्षमता पनि बढेको पाइएको छ । यस्तोमा आगामी दिनमा कोभिड संक्रमित तीव्र गतिमा फैलिन सक्ने चिन्ता बढेको छ ।
अहिले देखिएको भेरियन्टको सुरुआत सेप्टेम्बरको मध्यमा बेलायतको दक्षिणपूर्वमा देखिएको थियो । अहिलेसम्म कोभिड भाइरसविरुद्धको खोपको असर नयाँ भेरियन्टमा पनि रहने बताइएको छ । नयाँ भेरियन्टमा पनि अन्य लक्षण र यसले पार्ने असरमा कुनै परिवर्तन नआएको हुँदा खोपले भेरियन्टमा पनि काम गर्ने चिकित्सकहरू बताउँछन् ।

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया