बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत

सांकेतिक तस्बिर

भक्तपुर- भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई  मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।