३३ दिनमा सकियो विपिन र दयाको ‘के घर के डेरा’

काठमाडौँ - दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’को सुटिङ सकिएको छ । फ्लोरमा गएको ३३ दिनमा सुटिङ सकिएको निर्माण टिमले जनाएको छ ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झाको मुख्य भूमिका रहेको छ ।
घरबेटी र डेरावालको सम्बन्धमा आधारित फिल्म तिहारमा आउने चर्चा छ । तर यही मितिमा दयाहाङ राई र सौगात मल्ल अभीनित ‘२ नम्बरी’ले प्रदर्शनमा आउने घोषणा गरेको छ । यसअघि तिहारमा नै रिलिज गर्ने गरी दीपेन्द्र के खनालले ‘परस्त्री’ घोषणा गरेका थिए ।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया