बारपाकमा जीप दुर्घटना हुँदा दुई शिक्षकको मृत्यु

काठमाडौँ : गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखा प्रमुखसहित सात जना घाइते भएका छन् ।
ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएस्पी प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडी छन् । दुर्घटनामा गम्भिर घाइते उनीहरुलाई थप उपचारका लागि गोरखा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते हुनेमा गाउँपालिका प्रमुख सुशिल नराल छन् । यस्तै विद्यालयकै अन्य ४ जना शिक्षक घाइते छन् । साँघुरो बाटोमा ब्रेक नलागेपछि भित्तामा ठोक्काउने क्रममा जीप पल्टिएर भीरबाट खसेको थियो । झण्डै डेढ सय मीटर तल दरौँदी नदीमा खसेको जीपबाट गएराती उद्धार गरेर शिक्षकहरुलाई अस्पताल लगिएको थियो ।
घाइतेमध्ये दुई जना शिक्षकलाई पोखरा र एक जनालाई भरतपुर पठाइएको छ । उनीहरुको अधिंकाश टाउकोमा चोट लागेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया