जब प्रधानाध्यापक भ्रष्टाचारमा संलग्न हुन्छन्...

काठमाडौँ - छात्रवृत्ति र कम्प्युटर खरिदको रकम हिनामिना गरेको अभियोगमा फँसेका छन्, श्रीशंकर माध्यमिक विद्यालय थपवा, बाँकेका प्रधानाध्यापक मुहम्मद युनुस खाँ ।
उनीविरुद्ध ३ लाख २ हजार १ सय ९७ रुपैयाँ बिगो कायम गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार, बाँकेको बैजनाथ गाउँपालिका–८ अवस्थित श्रीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक खाँले प्राप्त रकम जुन कामका लागि खर्च गर्न निकासा भएको हो त्यही काममा मात्र खर्च गर्नुपर्ने भन्ने व्यवस्था विपरीत छात्रवृत्ति वितरण तर्फको रकम र कम्प्युटर खरिदमा ३ लाख २ हजार १ सय ९७ रुपैयाँ तोकिएको शीर्षकमा खर्च नगरी हिनामिना गरेको पुष्टि भएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ प्रतिकूल भएको कसुरमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी अभियोग लगाएको हो । त्यसरी भ्रष्टाचार गरिएको निजबाट असुल गरिनुका अतिरिक्त कैद सजाय हुनुपर्ने माग आयोगको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया