नीताको फिल्ममा गिनिज वल्र्ड रेकर्डधारी ब्रम्हानन्दम्

काठमाडौँ - दक्षिण भारतीय कलाकारलाई धमाधम अनुबन्ध गर्दै गरेकी अभिनेत्री नीता ढुंगानाले यो सूचीमा दक्षिण भारतीय कलाकार ब्रम्हानन्दम्लाई पनि जोडेकी छिन् । नीताले मंगलबार फेसबुकमा कीर्तिमानधारी कलाकारलाई अनुबन्ध गरेको जानकारी गराएकी हुन् ।
‘ह्रस्व दीर्घ’ शीर्षकमा बन्न लागेको यो फिल्ममा यसअघि ‘गजनी’ र ‘पुष्पा’का भिलेन अनुबन्ध भइसकेका छन् । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यो फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानाको मुख्य भूमिका रहने चर्चा छ ।
दक्षिण भारतका मुख्य गरी तमिल र तेलगु भाषाका फिल्ममा देखिने ब्रम्हानन्दम् संसारकै सबैभन्दा धेरै फिल्म खेल्ने अभिनेता हुन् । सानो छोटो गरी हजारभन्दा बढी सिनेमामा देखिएका ब्रहानन्दम्ले यही कारण गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाएका छन् ।
नीता र हरिहर मिलेर निर्माण गर्न लागेको फिल्मको दसैँछेक सुटिङ हुने चर्चा छ । तत्कालै सुटिङ गर्ने चर्चा चले पनि यही महिनाको अन्त्यमा हरिहर र नीताले विवाह गर्ने भएपछि फिल्मको सुटिङ पछि गएको हो । उनीहरूले यही २४ गते विवाह गर्ने चर्चा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया