राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो

लमजुङ - राइनास नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।
नगरपालिकाले १० औँ नगर सभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । उनका अनुसार चालुतर्फ ४२ करोड ४२ लाख र पूँजीगततर्फ १६ करोड ९७ लाख रुपैयाँ बजेट रहेको छ ।
नगरपालिकाले आगामी वर्षका लागि कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, दीगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य शिक्षा खानेपानीमा सबैको पहुँच उत्पादन र रोजगारी प्रवद्र्धनमार्फत गरिवी निवारणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया