पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

काठमाडौँ- पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने छ । राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले १५ पुस्तक छनोट गरेको हो ।
उत्कृष्ट पुस्तक यस्ता छन्
अग्नि- डा नवराज लम्साल
अर्को भोर- केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि - दीनानाथ शर्मा
काफ्काको काम सकियो- राजव
गुरु- कविता राई
छाइल - लोकराज भट्ट
ताल्चा- दिलीप बान्तवा
निनाद - बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल- राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम- उषा हमाल
भोजपुरको बाङ्मय - डा विप्लव ढकाल
महाभारा - बसन्त बस्नेत
मिथ्या- दीपक पराजुली
यादहरूको संग्राहलय- केवल विनाबी
सत्यमोहन- गिरीश गिरी
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया