गण्डकी एमालेले भन्यो - बजेट छलफल सुरु नगरे मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ

पोखरा - नेकपा (एमाले)ले गण्डकी प्रदेशको बजेटमाथिको छलफल रोकिएकोप्रति आपत्ति जनाएको छ । असार १ गते संसदमा पेश भएको बजेटमाथि दुई साता बित्दासम्म छलफल नचलेपछि बुधबार पत्रकार सम्मेलन गरेर एमाले संसदीय दल गण्डकी प्रदेशले आपत्ति जनाएको हो ।
पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव तथा एमाले संसदीय दल गण्डकीका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेटमाथिको छलफल रोक्न नमिल्ने बताए । उनले तत्काल बजेटमाथिको छलफल अगाडि नबढाए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिएर बाटो प्रशस्त गरिदिनुपर्ने बताए ।
'अब त उहाँहरू माथि नैतिक प्रश्न उठिसक्यो उहाँले राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्यो, त्यसपछि मिलेर सरकार चलाउने ढोका त खुलिहाल्छ नि,’ उनले भने,’ ‘कुर्सी पनि राखिराख्ने अनि त्यो कुर्सीको महिमा अनुसार दायित्व अघि नबढाउने कुरा लोकतान्त्रिक प्रणालीमा छोड्न मिल्छ ?’ उनले कांग्रेस र माओवादी केन्द्रको झगडाका कारण संसद्मा पेस भइसकेको बजेट रोक्न नमिल्ने बताए ।
चल्तीको नाम सांसद विकास कोष अर्थात् निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको शीर्षक नै अर्थमन्त्रीले काटी दिएपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु नै हुन सकेको छैन ।
असार १ गते बजेट वक्तव्य संसद् बैठक चलेको छैन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ७२ करोड रुपैयाँ अर्थमन्त्री रामजी बरालले एकात्मक शासन प्रणालीको ‘अवशेष’ भन्दै काटिदिएका थिए ।
लामो समय निकास ननिस्किएपछि केन्द्रीय नेतृत्वसँग छलफल गरेर छुटेका कार्यक्रम राख्ने सहमतिसहित पोखरा फर्किएपछि पनि संसदमा बजेटमाथिको छलफल हुन सकेको छैन।

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
प्रतिक्रिया