माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान पेरिसडाँडामा बस्ने भनिएको बैठक केही स्थायी कमिटी सदस्य उपत्यका बाहिर भएकाले स्थगित भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल पनि आइतबार बिहान मात्रै काठमाडौँ आइपुगेका छन् । उनी शनिबार नवलपरासी पुगेका थिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ । आइतबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने अनुमान थियो ।
तर बैठक स्थगित भएको छ । आगामी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने माओवादी केन्द्रका नेता तथा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया