कोभिड-१९ बाट प्रदेश १ मा २४७ को मृत्यु

विराटनगर : प्रदेश १ मा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ४७ पुगेको छ । विराटनगरमा सोमबार बिहान उपचाररत थप तीन जनाको मृत्यु भएसंगै प्रदेश १ मा काभिडका कारण मृत्यु हुनेको संख्या त्यति पुगेको हो । आइतबार मात्र प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको थियो ।
बिहान उदयपुरको त्रियुगा नगरपालिका-११ की ६५ वर्षीया वृध्दा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । यसैगरी झापाको दमक नगरपालिका-१ का ४२ वर्षीय पुरुषको पनि विराट नर्सिङ होममा बिहानै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रदेश १ मा आइतबारसम्म २१ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ९४ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी १३ हजार ८ सय ५७ जना संक्रमण जितेका छन् । प्रदेश बाहिर स्थायी ठेगना भएका २० जनाको मृत्यु प्रदेश १ मा उपचारका क्रममा भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशका १४ वटै जिल्लामा कोरोना संक्रमित छन् । संखुवासभा, खोटाङ, भोजपुर, पाँचथर, ओखलढुंगा र सोलुखुम्बुमा अहिलेसम्म संक्रमणबाट ज्यान गएको छैन । प्रदेश प्रयोगशाला, कोशी अस्पताल विराटनगर, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्युरो अस्पताल, धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ‘बी स्योर’ विराटनगर र मेची अस्पताल, कनकाइ पीसीआर प्रयोगशाला झापाले निययमित रुपमा पीसीआर परीक्षण गर्ने गरेका छन् ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया