पाकिस्तानी राजदूतावासद्वारा निबन्ध र वाक् प्रतियाेगिता

काठमाडौँ – काठमाडौँस्थित पाकिस्तानी दूतावासले नाइन्थ एनुअल एम्वेसडर अफ पाकिस्तान एस्से राइटिङ कम्पटिसन तथा फिफ्थ एनुअल एम्वेसडर अफ पाकिस्तान स्पिच कम्पटिसनका विजेताहरुलाई पुरस्कृत गरेको छ ।
एस्से राइटिङ कम्पटिसनका शीर्ष तीन स्थान हात पार्ने विजेताहरुलाई स्वर्ण, रजत र कास्य तथा नगद पुरस्कार प्रदान गरिएको थियो । अन्य दशजनालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
स्पिच कम्पटिसनतर्फ पनि शीर्ष तीन स्थान हात पार्ने विजेताहरुलाई स्वर्ण, रजत र कास्य तथा नगद पुरस्कार प्रदान गरिएको थियो । अन्य १२ जनालाई पनि नगर पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ ।
दुबैतर्फ दश जोर दुईदेखि विश्वविद्यालसम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया