बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ बस्ने चितवन शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेल रहेकी छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७१ माघ २९ गते उनलाई १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।
पौडेललाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।
पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत, साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया