आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सप्तकोसीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

विराटनगर- निरन्तरको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोसीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।