सेयर बजारमा उछाल, २ हजार माथि उक्लियो परिसूचक

काठमाडौंँ - पछिल्लो केही समययता घट्दै गइरहेको सेयरबजारमा दुई दिनयता सुधार देखिएको छ । आज सेयरबजारमा ७५ अंकले बढेको छ। पाँचौँ दिनको कारोबारमा नेप्से परिसूचक ७४.९३ अर्थात ३.८२ प्रतिशतले बढेर २०३७.६४ विन्दुमा उक्लिएको छ। बुधवार ४१ अंकले बजार बिहीवार पनि सकारात्मक हुँदै ७५ अंकले बढ्न पुगेको हो।
बिहीवार नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ जुन ४७ हजार ३ सय ९२ पटकमा खरिद बिक्री भएको थियो ।
७५ अंकले बढेसँगै २ हजार तल ओर्लिएको परिसूचक माथि उक्लिएको छ । आज नेप्सेमा रहेका १३ उपसूचक नै चम्किएका छन् । प्रतिशतका आधारमा सर्वाधिक विकास बैंक सूचक बढ्न पुगेको छ भने रुपैयाँका आधारमा जीवन बीमा सूचकको २९६ रुपैयाँले बढ्न पुगेको छ ।
प्रतिक्रिया