रेल दुर्घटनापछि राजीनामा दिएका ताइवानी रेलमन्त्री भन्छन्, ‘दुर्घटनाको जिम्मेवारी म लिन्छु’

काठमाडौँ: ताइवानमा गत शुक्रबार रेल दुर्घटनामा परी ५१ जनाले ज्यान गुमाए । ताइवानको पूर्वी सहर हुवालाइनमा भएको दुर्घटनाले मुलुकलाई नै शोकमा डुबायो ।
दुर्घटनापछि ताइवानका यातायात मन्त्री लिन चिया लुङले जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरे ।
यद्यपि उनले ताइवानी प्रिमियर/सरकार प्रमुख सु सेङ चाङलाई बुझाएको राजीनामा अस्वीकृत भयो । राजीनामा अस्वीकृत भए पनि मन्त्री लुङले रेल दुर्घटनाको जिम्मेवारीबाट आफू नभाग्ने प्रतिक्रिया दिए । ‘दुर्घटनापछिको अवस्था सम्हाल्ने जिम्मेवारी मेरै हो । अहिले म त्यसमा लागिरहेको छु । जब उद्धार कार्य सकिन्छ, त्यसपछि मेरो पदबारे निर्णय हुने नै छ,’ लुङले भनेका छन् ।
दुर्घटना पछि ताइवानमा यातायात मन्त्रालय र रेल विभागको व्यापक आलोचना भइरहेको छ । रेल विभागले रेल पूर्वाधारमा ध्यान पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ । दुर्घटना भएको ठाउँमा पनि पर्खाल नभएको र रेलमा ठूलो संख्यामा उभिएर यात्रा गर्न अनुमति दिइएको आरोप छ ।
उता सहायक यातायात मन्त्री वाङ को साईले रेल दुर्घटना हुनुको कारण लापरबाही हुनसक्ने बताए । रेलमार्ग निर्माण गर्दा निर्माण कम्पनीले बलियो पर्खाल नलगाएको पाइएको उनको भनाई थियो ।

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया