आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

चट्याङ लागेर एक युवकको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्वीर

बारा- बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिराजप्रसाद यादवको शुक्रबार दिउँसो मृत्यु भएको हो।

खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् । 

सुवर्ण गाउँपालिका-७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।