कुमारी आमाहरूलाई पनि एकल महिलाको रूपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने : सांसद विक
काठमाडौँ- बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विमला विकले कुमारी आमाहरूलाई पनि एकल महिलाको रूपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले यस्ताे बताएकी हुन् । विकले कुमारी आमाहरू सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
‘जबर्जस्ती करणी लगायतका विविध कारणले गर्दा बच्चा जन्मिएका कुमारी आमाहरू बच्चा लिएर, अर्को विवाह नगरेर, बच्चाको पालनपोषण गरेर बसिरहनुभएको छ भने उहाँहरूलाई पनि हामीले एकल महिला सरहको सुविधाभित्र राख्नुपर्छ,' उनले भनिन्, 'अहिले पनि बलात्कृतजस्ता समस्याबाट ग्रसित महिलाहरूको सहजै फेरि विवाह हुने, घरबार हुने र सामान्य महिला, पुरुषको जस्तो जिन्दगीमा फर्किनलाई अहिले पनि कठिनाई छ । विवाह नहुँदासम्मको अवस्थामा जबर्जस्ती करणीजस्ता व्यवहारबाट बच्चा जन्माइ विवाह नगरी बसेका महिलाहरूलाई एकल महिला मानेर सुविधाभित्र ल्याउनुपर्छ ।’

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया