पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : मेयर साह

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । आज कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताएका हुन् । अनुगमनमा उपप्रमुख सुनिता डङ्गोल रप्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि सहभागिता थियो ।
`पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्यरूपमा हेरेका छौँ`, अनुगमनपछि प्रमुख साहले भने, `पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ ।`
अनुगमनका क्रममा पलेस्वा पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी गराएका थिए । अध्यक्ष डङ्गोलले भगवान् बहाल पुनःनिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा जानकारी दिँदै करिब रु चार करोड लागतमा बहाल पुनःनिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको बताए ।
सो रकममध्ये रु एक करोड ५० लाख कामपाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि रु साढे तीन करोड लागतको अनुमान छ ।
अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुनःनिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो ।
क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख साहले पुनःनिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए ।
अनुगमनका क्रममा कार्यपालिका सदस्य मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशक वसन्त आचार्य, नरेन्द्र विलास बज्राचार्य र राम थापासहित अधिकारी सहभागी थिए । रासस

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया