नेतृत्वबाट पार्टी पंक्तिलाई निराश पार्ने काम भयो : नेकपा अनुशासन आयोग

काठमाडौं : सत्तारुढ दल नेकपाको केन्द्रीय अनुशासन आयोगले आफ्नै शीर्ष नेताहरू विवादको साथै आरोप प्रत्यारोपमा लागेको प्रति दुःख व्यक्त गरेको छ । आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप-प्रत्यारोप छाडेर तत्काल बैठकबाटै समस्याको निकास खोज्नसमेत आग्रह गरेको छ ।
अन्तरपार्टी विवादलाई माक्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउनसमेत आयोगका अध्यक्ष अमृतकुमार बोहराले सुझाएका छन् । उनले पार्टी समितिका आधिकारिक निकायलाई गतिशील तुल्याइ विभाजन जस्ता सुन्न नसकिने कुरा सार्वजनिक नगर्न सुझाव दिएका छन् ।
अध्यक्ष बोहराले गत भदौ २६ को स्थायी समित बैठकका निर्णय कार्यान्वयनमा लैजान सुझाएका छन् । त्यसका लागि नेतृत्वलाई तत्परता देखाउन आग्रह गर्दै बोहोराले समृध्द समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नजान सुझाएका छन् । ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबध्द बनाऔं,’ उनले भनेका छन, ‘पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौँ ।’
उनले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको विषय नेतृत्वले भुल्न नहुने उल्लेख गरेका छन् । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई नेतृत्वले इन्कार गर्न नहुँने भन्दै पार्टीमा अहिले देखिएको किचलो र आरोप प्रत्यारोपणले कार्यकर्ता दुःखी बनेको बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टी पंक्तिलाई निराश पार्ने ‘गालिगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप-प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरू सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन,’ विज्ञप्तीमा भनिएको छ,‘यो हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु ।’
विधि र पध्दति पार्टीका प्राण हुन भन्दै विज्ञप्तीमा उल्लेख छ, ‘पध्दति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पध्दतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ?’

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_2q759lOnyA_ft0zz5z88ghirj0tovoxpzdzmq7xjc2op8kyzmjmwtjomua0etpm21cebpbs.jpg)
प्रतिक्रिया