कार्यकारिणी बैठकमा उपेन्द्रले बाबुराम पक्षलाई आमन्त्रण नगरेको गुनासो

काठमाडौँ- अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष बाबुराम पक्षधरभ भने अनभिज्ञ रहेका छन् ।
आगामी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्याकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् ।
‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाईयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन्,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले भने, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस कसैलाई बोलाउने कसैलाई नबोलाउनु गर्दै आएको भएको थियो, यही होला भनेर बुझौं ।’
ईमेल, मोवाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरूले बैठकबारेमा सूचना नपाए पछि यादव पक्षधर नेताहरूसँग चासो व्यक्त गरिरहेका छन् । उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठकमा बारेमा इमेल आएको जानकारी दिए । ‘मलाई चाँही बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरूले कुनै खबर पाईएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाई भएको होला’ सुमनले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया