ललितपुर मेयर वुमन्स च्याम्पियन्सिपः एपीएफ र ललितपुर एघारको जित

काठमाडौँ: ललितपुर मेयर वुमन्स च्याम्पियन्सिपमा आइतबार सशस्त्र प्रहरीको एपीएफ र ललितपुर मेयर एघारले जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हरायो भने ललितपुरले लुम्बिनी प्रदेशमाथि २७ रनको जित हासिल गर्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेको एपीएफले पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा दुई विकेटको क्ष्तिमा एक सय २७ रन बनायो । सुदूरपश्चिमले भने १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन मात्रै बनाउन सक्यो ।
एपीएफको जितमा ओपनर ज्योती पान्डेको अर्धशतक महत्वपूर्ण रह्यो । प्रतियोगिताको पहिलो खेलमा ३२ रन बनाएकी ज्योतीले सुदूरपश्चिमविरुद्ध ५९ रन जोडिन् ।त्यस्तै विभागिय टिमका लागि सरिता मगरले ३५ रन बनाइन् भने कप्तान सिता राना मगरले १६ रनको योगदान गरिन् । बलिङतर्फ सुदूरपश्चिमकी सुनिता लुहारले एक विकेट लिइन् भने कविता जोशीको नाममा समान एक विकेट रह्यो ।
जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले खराब सुरुवात गर्यो । ओपनरद्वय मन्जु बोकटी र कविता कुवँर क्रमशः दुई र पाँच रनमा आउट हुँदा पराजित टिमका लागि सुनिताले बनाएको २३ रन नै सर्वाधिक स्कोर रह्यो । रेवती धामीले १२ रन जोडिन् भने डोली भट्टले १६ रन बनाइन् । बाँकी खेलाडीले भने दोहारो अंक छुन सकेनन् ।
उता सुमन खतिवडाले सर्वाधिक ७७ रन बनाएपछि ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रनको योगफल तयार पार्यो । लुम्बिनीले भने पाँच विकेटको क्षतिमा एक सय १७ रन मात्रै बनाउन सक्यो । विष्फोटक ब्याटिङ गरेकी सुमनले ५२ बल सामना गर्दा दुई छक्का र नौ चौका प्रहार गरिन् । त्यस्तै अस्मिना कर्माचार्यले २० रन जोडिन् । दुबै खेलाडी अविजित रहे । ललितपुरका बाँकी ब्याट्सवुमनहरुको प्रदर्शन भने फिक्का रह्यो ।
लुम्बिनीका सुस्मिता भुषाल, सवतिका बजगाई, किर्तिका मरासिनी सरस्वती पुनले एक-एक विकेट लिए । उता लुम्बिनीकी सरस्वती जिएमले अविजित ४६ रन बनाए पनि टिमको हार टार्न सकिनन् । पराजित टिमकी ओपनर नितु भण्डारी र कप्तान नेरी थापाले समान २० रन बनाए । बलिङतर्फ ललितपुरका सरस्वती कुमारी र आरती बिडारीले एक-एक विकेट लिए ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया