नीता र हरिहरको विवाहको निम्तो बाँड्न सुरु, २४ गते तारे होटलमा हुँदैछ विवाह

काठमाडौँ - ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २४ गते विवाह गर्ने भएका छन् । ४ वर्षदेखि प्रेममा रहेका उनीहरुले असारमा विवाह गर्ने खबर सकारे पनि विवाहको मिति भने सार्वजनिक गरेका थिएनन् । तर निकटस्थहरुले दिएको जानकारीका आधारमा उनीहरुले यही २४ गते विवाह गर्न लागेको खबर बाहिरिएको थियो ।
यो खबरलाई पुष्टि गर्ने गरी दुवैको विवाहको कार्ड सार्वजनिक भएको छ । सार्वजनिक कार्डमा २४ गते दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ ।
विवाहमा परिवार र निकटका साथीहरुलाई मात्र निम्त्याउने तयारी दुवै पक्षको रहेको स्रोत बताउँछ । तर विवाहित जोडीले २६ गते सोही होटलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरिरहेका छन् । रिसेप्सनका लागि ‘गजनी’ भिलेन प्रदीप सिंह रावत पनि आउने चर्चा छ ।
नीता र हरिहरले विवाहसँगै यतिबेला फिल्म निर्माणको पनि तयारी गरिरहेका छन् । उनीहरुले यसका लागि दक्षिण भारतका कलाकारलाई अनुबन्ध गर्दै आएका छन् । केही दिनअघि मात्र निर्माण कम्पनीले विश्वमै सबैभन्दा धेरै फिल्ममा देखिएर गिनिज रेकर्डमा नाम लेखाएका ब्रम्हानन्दम्लाई उनीहरुले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’का लागि साइन गरेका थिए ।
नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै नाच्न पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो ।
बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरुले विवाहको लगन जुराएका थिए । बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’बाट अभिनयमा डेब्यू गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया