सुदेश खालिङ, एभरेष्ट बैंकमा पहिलो नेपाली सीईओ

काठमाडौँः एभरेष्ट बैंकको सञ्चालक समितिले सुदेश खालिङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । भारतको पञ्जाब नेशनल बैंक (पीएनबी)सँग संयुक्त लगानी (ज्वाइन्ट भेञ्चर) मा स्थापित एभरेष्ट बैंकमा अढाई दशकदेखि नै पीएनबीबाटै सीईओ नियुक्त हुँदै आएको थियो ।
सुदेश खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका छन् । संयुक्त लगानीका स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंकमा अहिले पनि विदेशी सीईओहरू नै कार्यरत छन् । बैंकिङ क्षेत्रमा झण्डै तीन दशक लामो अनुभव भएका खालिङ लक्ष्मी बैंकमा सीईओ थिए । लक्ष्मी बैंक छाडेपछि २०७६ मंसीर ६ देखि उनी सिटीजन्स बैंकको सञ्चालक समिति सदस्य थिए ।
एभरेष्ट बैंकमा झण्डै डेढ वर्षअघि पीएनबीबाटै गजेन्दर कुमार नेगी चार वर्षका लागि सीईओ नियुक्त भएका थिए । तर नेगी कार्यकालको मध्यतिरै पीएनबी फर्कन लागेका छन् ।
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_krQzzuYClb_dzkk04wutgovdipfyiyzue4i4rrl6mnbbupjmg3h7yjg3ztedm4gaed2xdkj.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्या…

प्रतिक्रिया