‘सम्झना बिर्सना’ ट्रेलर : आकाशसँग हुरुक्क पूजा शर्मा

काठमाडौँ - फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुँदैछ ।
निमेष प्रधान लिखित तथा निर्देशीत फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण देखिन्छ ।
चिया बगानका मजदुरका समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको छ । दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख कलाकारहरु–आकाश, पूजा,सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालाई अटाइएको छ ।
फिल्म प्रदर्शनको मिति नजिकिँदै जादा निर्माण पक्षले प्रचारप्रसारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनिक दुई गीत–‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शकश्रोता माझ चर्चित छन् ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
दर्शकले निकै मन पराएको पूजा र आकाशको जोडी करिब चार बर्षको अन्तरालपछि पुनः यही फिल्ममार्फत ठूलो पर्दामा आउँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया