कुन गाडी विमानस्थलभित्र जान पाउने निर्क्योल गर्न पर्यटनमन्त्रीको निर्देशन
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजको ढोकैसम्म कसकसको कार्गेट/गाडी लैजान पाउने भन्ने मापदण्ड बनाउन निर्देशन दिएका छन् । अहिलेसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधान सेनापतिलगायतले स्वदेश/विदेश भ्रमण गर्दा जहाजसम्म कार्गेट/गाडी लैजाने गरेका छन् । कतिपय अवस्थामा उपप्रधानमन्त्री, मन्त्रीहरूलेसमेत प्रयोग गरेको पाइन्छ ।
आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन पनि निर्देशन दिए । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त पार्न गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए ।
विमानस्थलको सरसफाइका निम्ति आवश्यक कर्मचारी भए पनि सरसफाई नभएको भन्दै उनले आपत्ति जनाए । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निर्क्योल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

प्रतिक्रिया