‘स्ट्रेन्जर थिङ्स ४’ का कारण नेटफ्लिक्सको सर्भरमा समस्या

लसएन्जल्स - हरर सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का अन्तिम दुई शृंखलामा दर्शक चाप बढेपछि नेटफ्लिक्सको सर्भर नै डाउन भएको समाचार छ । शुक्रबार सार्वजनिक भएसँगै अत्यधिक संख्यामा दर्शकले एकैचोटि हेर्न खोज्दा सर्भर नै डाउन भएको ‘भेराइटी’मा समाचार छ ।
भेराइटीका अनुसार सिरिजको दोस्रो भाग सार्वजनिक भएसँगै १३ हजार मानिसले १ घन्टा भित्रमै नेटफ्लिक्सले काम नगरेको गुनासो गरेका थिए । दर्शकको गुनासो चुलिँदै गएपछि नेटफ्लिक्सले आधा घन्टामा नै सर्भरमा आएको समस्या हल गरेको थियो ।
‘स्ट्रेन्जर थिङ्स ४’ नेटफ्लिक्समा आउने बित्तिकै सबैभन्दा बढी हेरिने अंग्रेजी भाषाको सिरिज बनेको छ । भेराइटीका अनुसार अन्तिम शृंखलाको पहिलो भाग सार्वजनिक भए लगत्तै दर्शकको राम्रो साथ पाएको सिरिजले दोस्रो भागमा पनि उत्तिकै दर्शक पाएको छ । सुपर नेचुरल हरर थ्रिलर श्रेणीको सिरिजमा वियोना राइडर, डेभिड हार्बर, मिली बबी ब्राउन आदि कलाकारको अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया