राजेश हमाल र नीति शाहको हातबाट नयाँ फिल्म स्कुलको उद्घाटन

काठमाडौं- अभिनेता राजेश हमाल, फिल्ममा डेब्यूको तयारीमा रहेकी मोडल नीति शाह र आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र विपना थापा लगायतका कलाकारले नेसनल फिल्म एन्ड टीभी स्कुलको उद्घाटन गरेका छन् ।
काठमाडौंको चावहिलमा खुलेको यो स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ । आयोजित भव्य जमघटमा कलाकारले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे ।
उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काले पनि कलेज उद्घाटनमा साथ दिएका थिए । अभिनेता हमाल स्कुलका गेस्ट लेक्चर पनि हुने भएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ ।’
भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुने बताए । आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने भएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया