शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

भिभो 'विश्वकप फुटबल २०२२ कतार'को आधिकारिक प्रायोजक

काठमाडौंँ- भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । विश्वकप प्रतियोगिता २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुनेछ ।

यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्द्धन सञ्चालन गर्नेछ । यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्ड ब्रेकिंग स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने प्रयास गरिरहेको जनाएको छ ।

साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भने, 'फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो । “सुन्दर खेल” भनेर चिनिने फुटबलसँग उमेर, जात, लिङ्ग र संस्कृतिको बावजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ । वास्तवमा, यसको साँच्चिकै विश्वव्यापी पहुँच छ – यसले विश्वभरका अबौंलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्दछ, जसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ ।'

उनले भने 'यो साझेदारीले खेलकुदलाई प्रवद्र्धन गर्ने हाम्रो अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ जसले लाखौं मानिसहरूलाई आनन्दित तुल्याउँदै विश्वभरका उपभोक्ताहरूका लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।' 


दक्षिण एसियामा शुरुवात गरेदेखि नै, भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकहरूलाई उत्कृष्ट उत्पादन अनुभवहरू उपलब्ध गराउनमा रहेको छ । साथै भिभोको स्थानीयकृत उत्पादन र मार्केटिग रणनीतिहरूले गर्दा बजार हिस्सामा द्रुत वृद्धि देखेको छ । भिभोले प्रयोगकर्ताहरूलाई केन्द्रित गर्दै अग्रगामी स्मार्टफोन प्रविधिहरू प्रदान गर्न निरन्तर जारी राख्‍ने जनाएको छ ।