‘सम्झना बिर्सना’को प्रचारबाट किन गायब छिन् छुल्ठिम गुरुङ ?

काठमाडौँ - ‘नोभेम्बर रेन’मा ‘डल्ली’को भूमिकामा रुचाइएकी छुल्ठिम गुरुङले त्यसयता ‘डायरी’ जस्ता फिल्म गरेर पनि आफ्नो क्रेज बलियो बनाउने प्रयत्न गरिन् । दर्शकले बरु ‘डल्ली’ सम्झिएका छन् तर बाँकी भूमिका सम्झिएका छैनन् । तर छुल्ठिम फाट्टफुट्ट फिल्ममा देखिएकै छिन् ।
आउँदो असार ३० मा उनी अभीनित ‘सम्झना बिर्सना’ रिलिज हुँदैछ । दार्जिलिङको परिवेशमा खिचिएको फिल्मको दुवै ट्रेलरमा छुल्ठिमले प्रशस्त स्क्रिन टाइम पाएकी छन् तर ट्रेलरभन्दा बाहिर भने छुल्ठिमको नामो निशान छैन । फिल्म प्रचारको पुरै कमान्ड पूजा शर्मा र आकाश श्रेष्ठले सम्हालेका छन् ।
उनीहरू दुवैलाई लिएर निर्माताले पुरै गीत खिचे भने ट्रेलर सार्वजनिक कार्यक्रममा पनि अरु कोही देखिएनन् । त्यसयता पनि छुल्ठिमले यो फिल्मलाई लिएर न कतै केही लेखेकी छिन् न फिल्मका प्रचार सामाग्री नै सेयर गरेकी छिन् ।
त्यसो त पूजा शर्मा भएका ठाउँमा अरु कलाकारले प्रचारमा कमै मौका पाउँछन् । यसअघि ‘पोइ पर्यो काले’मा पनि पूजा शर्मा र आकाश श्रेष्ठको जोडी जस्तै महत्वपूर्ण भूमिका सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि थियो । तर प्रचारमा पूजा र आकाशले सृष्टि र सौगातलाई टिक्न दिएनन् । निर्माता हातमा लिएर पूजाले सृष्टि– सौगातलाई भए नभएको पारिदिइन् ।
अब ‘सम्झना बिर्सना’मा पनि पूजाले पुरानै इतिहास दोहोर्याएकी हुन् कि छुल्ठिमको आफ्नै समस्या हो नत्र भने हातमा उति धेरै फिल्म नभएकी छुल्ठिम आफ्नै फिल्मको प्रचारबाट यत्तिकै त किन गायब हुन्थिन् होला र ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया